Breaking News….उमेर विवादपछि राजीनामा दिँदै प्रहरी नायब महानिरीक्षक अशोक सिंह

काठमाडौं । डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ।

राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन्। त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। 

उनलाई राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि बुधबार राजीनामा दिन लागेका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। 

अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो। किताव खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्।

जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन्। उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो। नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए। तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो। 

२०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ। 

यो जन्म मिति अनुसार भने उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो। प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ। 


सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो।

तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ। एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ। 

सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए। नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए। 

प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..