लामिछाने चुनाव लड्न आँतुर

काठमाडौं । सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा चाँडै उपनिर्वाचन गराउनेबारे छलफल भएको छ । संयन्त्रको बैठकमा सहभागी रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचन कहिले हुन्छ ? भनेर चासो राखेका थिए ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारेमा निर्वाचन आयोगसँग छलफल गरिसकेकोले चाँडै निर्णय लिईने जानकारी गराएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । ०७९ मंसिर ४ को निर्वाचनमा लामिछाने चितवन–२ बाट अत्यधिक बहुमतले विजयी भएका थिए ।

तर, नागरिकतासम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाले उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको थियो । सर्वोच्चको फैसलापछि उनी सांसद पदबाट मुक्त भएका छन् । हिजोमात्रै उनी चितवनका विभिन्न कार्यक्रममा सरिक भएर काठमाडौं फर्किएका हुन् । रास्वपाले उपनिर्वाचनलाई लक्षित गरेर सो क्षेत्रमा राजनीतिक सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..