राष्ट्रपतिमा एमालेलाई रोक्न राष्ट्रिय सहमतिको बहस चलाइयो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा आफ्नो पार्टीका उमेदवारलाई रोक्न नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ‘ढडिया थापेको’ टिप्पणी गरे । अहिले राष्ट्रपतिमा एमालेका उमेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए ।

उनले कांग्रेसकै कारण राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले एमालेलाई भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताए ।

दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै उनले यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखे । दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भए पनि गठबन्धनलाई जोगाउनका लगि आफूहरू उदार भएको उनको भनाइ छ ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले अहिले राष्ट्रिय सहमतिका नाममा राष्ट्रपतिजस्तो संवैधानिक पदलाई शक्ति केन्द्रका रूपमा परिभाषित गर्न खोजिएको जिकिर गरे । सत्ता गठबन्धनभित्र भएको सहमतिका आधारमा एमालेको उमेदवार राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए ।

वर्तमान गठबन्धन कायम रहेसम्म यसअघि भएको सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..