सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल जारी, संयन्त्रको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ। 

प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार अहिले दुई नेताबीच छलफल जारी रहेको छ। राजनीतिक संयन्त्रको बैठकअघि पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाउनुभएका ओली सचिवालय बैठकबाट प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि सिंहदरबार पुग्नुभएको हो ।

तीन बजे बस्ने भनिएको संयन्त्रको बैठक पनि ढिलो हुने भएको छ। यसअघि ३ बजे संयन्त्रको बैठक बोलाइएको थियो। अब दुई नेताको छलफलपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ। 

संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ। यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको संकटका विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..