इन्टरपोलको सम्मेलनमा भाग लिन आईजीपी धिरजप्रताप सिंह आबुधावी जाने

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एक कार्यक्रममा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावी जाने भएका छन् ।

आगामी मंगलबार देखि बिहिवारसम्म आबुधावीमा हुने इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आईजीपी सिंह सोमबार बिहान प्रस्थान गर्ने कार्यक्रम तय भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त सम्मेलनमा विशेष गरि आर्थिक अपराध, साइबर अपराध, आतंकबाद र मानव बेचबिखन नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ । इन्टरपोलमा आवद्ध एसियाली देशका प्रहरी प्रमुखहरु सहभागी हुने कार्यक्रम सकिएपछी आईजीपी सिंह भारतको हैदराबाद जाने कार्यक्रम रहेको छ ।

भारत हैदराबादको नेशनल पुलिस एकेडेमीमा आयोजित आइपिएस अफिसरहरुको पास आउट समारोहमा सरिक हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..