हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले उच्च मनोवल र उच्च अनुशासनका साथ कार्यक्षेत्रमा नागरिक सेवालाई सर्वोपरी ठानी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन्।

डीआईजी थापाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् उक्त निर्देशन दिएका हुन् ।






आज आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच डीआईजी थापाले कार्यालयहरुको वस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गरेका हुन् ।




यसैगरी प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको थुनुवा कक्षको समेत निरीक्षण गरेका छन् ।





