देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार घिमिरे निर्वाचित भएका हुन् ।

देवराजको पक्षमा १६७ र न्यौपानेको पक्षमा एक सय मत खसेको छ । त्यस्तै एक मत तटस्थमा खसेको छ । जम्मा २६८ मत खसेको थियो ।

प्रतिपक्षका तर्फबाट नेपाली नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदेवारी दिएका थिए । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिएका छन् ।

एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांंसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र तीन सांसदले पनि देवराज घिमिरेलाई समर्थन गरेका थिए ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..