प्रचण्ड लोसपालाई किन आफ्नो सरकारमा ल्याउन चाहन्छन् ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आफ्नो सरकारमा सहभागी गराउनेगरि गृहकार्यमा जुटेका छन् । आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेका प्रधानमन्त्री दाहालले चार सिट रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालको प्रस्ताव नै आएपछि लोसपाभित्र पनि सरकारमा सहभागी हुनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालले एउटा मन्त्रालय दिने भनेका छन् । लोसपामा सरकारमा जाने आकांक्षीहरु धेरै छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको लोसपाले यसअघि प्रतिपक्षमा बस्ने भनेको थियो । तर, पछिल्लो समय कांग्रेस पनि प्रधानमन्त्री दाहालसँग नजिक हुन थालेपछि लोसपाले सरकारमा नै सहभागिता जनाउने निधो गरेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले भने आफ्नो सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिन थालेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा अहिले प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालको निर्णायक छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रालय बाँडफाँडको विषय टुँगो लगाउने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले जसपालाई पनि सरकारमा आउन भनिसकेका छन् । जसपा सरकारमा जान तयारी अवस्थामा छ । जनमत त सहभागी भैसकेको छ। तराई÷मधेश र थरुहट क्षेत्रमा प्रभाव जमाउने जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत र लोसपालाई नै सरकारमा सहभागी गराउन सकिए हिमाल, पहाड र मधेशलाई एकताको सूत्रमा बाँध्न सफल भएको हुने ठानेर दाहालले लोसपालाई पनि सरकारमा सहभागी गराउन चाहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..