लाखौँको अवैध कपडा र गाँजा बरामद

रौतहट । रौतहट स्थित प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले झन्डै १० लाख मूल्य बराबरको अवैध भारतीय रेडिमेड कपडा बरामद गर्नुका साथै लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर तल्लो बजार स्थित झन्डै १० लाख मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको हो। भन्सार छली अवैध कपडा भित्र्याएको सूचनाको आधारमा गएको टोलीले लेडिज उलन, कुर्ता सुरवाल, लेहेँगा चुनरीलगायत ९ लाख ९७ हजार ८५० बराबरको विभिन्न कपडा बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डिएसपी उमाशंकर यादवले बताएका छन् ।


त्यसैगरी पसलमा लागुऔषध गाँजा बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी माधोपुरको संयुक्त टोलीले माधव नारायण नगरपालिका ५ मिठुअवाका प्रेमलाल साहको घरमा छापामारेको थियो ।

सो क्रममा साहको घरमा साढे दुई किलोग्राम लागुऔषध गाँजा बरामद भएपछि गाँजा सहित उनको श्रीमती वर्ष ५२ की सितापती देवीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर वीरेन्द्र पाश्वानले बताएका छन् ।

गाँजा सहित पक्राउ परेकी सितापती देवीमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..