नेपाल वायुसेवा निगमले माग्यो १३५ जना कर्मचारी


काठमाडौं। नेपाल वायुसेवा निगमले रिक्त रहेका १३५ पदमा आवेदन खुला गरेको छ। निगमले शुक्रबार एक सूचना जारी गर्दै चौथोदेखि सातौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।


निगमका अनुसार योग्यताअनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ।निगमले वरिष्ठ प्राविधिक अधिकृत, प्रशासन अधिकृत, लेखालगायतका पदमा कर्मचारी मागेको हो।


सातौ र छैठौं तहका लागि १००० रुपैयाँ र पाँचौ र चौथो तहका लागि ५०० रुपैयाँ दस्तुर लाग्ने छ। साथै समुह थप भएमा २५० देखि ५०० रुपैयाँसम्म थप दस्तुर लाग्ने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..