प्राण गएपछि झुन्डाइदिइन् दलिनमा


बुटवल । अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले श्रीमानको हत्या गरेको खुलेको छ। छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौरकी ५५ वर्षीया लक्ष्मी नेपालीले ७० वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेको प्रहरीले जनायो।


शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र लगत्तै लक्ष्मीले पनि कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले बताए।


लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको घिमिरेले बताए। हत्या गरेपछि आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दाम्पतीले झगडा हुनु अगाडि मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।


‘हत्या गरी झुण्डाएर छिमेकीको घरमा मलाई श्रीमानले कुटपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्,’ घिमिरेले भने, ‘छिमेकी त्यहाँ पुग्दा बलबहादुर झुण्डिएको अवस्थामा भेटिए। रक्सीको मातमा घटना घटेको देखिन्छ। अनुसन्धान गर्दै जाँदा हत्या गरेर झुण्डिाएको स्वीकार गरिन्।’ लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..