सुनसरीमा एमालेको विजय जुलुससँग कांग्रेसको झडप, स्थिति तनावग्रस्त

इटहरी । सुनसरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएकाे छ। सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीको जितसँगै विजय जुलुसमा निस्किएका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हाे ।


दुहवी वडा नं. ९ छातावेलीमा बुधबार दिउँसो नेकपा एमालेले विजय जुलुस निकालेकाे थियाे । साेही ठाउँमा झडप भएकाे हाे । सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाईं हराउँदै नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन् । छातावेली पुग्दा डीजे बजाएको र काँग्रेस कार्यकर्तालाई लक्षित गरेर रंग हाली दिएको विषयमा विवाद भएकाे हाे ।

दुवै समूहले एक अर्काको प्रतिकार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन कठिन भएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। भीड नियन्त्रणमा लिन सकस भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । एमाले उम्मेदवार भगवती चौधरीले कांग्रेसका गच्छादारलाई ५ हजार १८८ मतान्तरले हराएर निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..