रामशंकर हत्या प्रकरण : दुई जना पक्राउ

सिरहा। हत्या अभियोगमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका–१ बडहरी टोलका ४८ वर्षीय दीपु भन्ने दीपेन्द्रकुमार यादव र सोही स्थानका ४२ वर्षीय अजयकुमार साह छन्।

बरियारपट्टी गाउँपालिका–१ नरगी टोलका ३२ वर्षीय रामशंकर यादवको हत्या गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मंसिर ९ गते बडहरी टोलस्थित नरगी-बडहरी सडकखण्डमा जिल्ला रामशंकरको शव फेला परेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा दीपेन्द्र र अजयले उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएर थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..