राप्रपा:प्रत्यक्षमा जित्यो सात सिट, समानुपातिकतर्फ पाँचौं ठूलो दल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात वटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ।झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर १ बाट दीपक सिंह, चितवन-३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान विजयी भएका छन्।


यस्तै, रूपन्देही ३ बाट दीपक बोहोरा, बाँके २ बाट धवलशमशेर राणा विजयी भएका छन् भने जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन्।


२०७४ सालको प्रतिनिधि सभामा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र सांसद थिए भने समानुपातिकमा पनि उसले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन।

राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ निकै नै मत बढाएको छ।समानुपातिकमा अहिलेसम्म ४ लाख ४८ हजार ७ सय ९७ मतसहित राप्रपा पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..