फिफा विश्वकप : ट्युनिसियालाई हराएको अस्ट्रेलियाको अन्तिम १६ सम्भावना जीवित

एजेन्सी । फिफा विश्वकप २०२२ मा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ।शनिबार भएको समूह ‘डी’ क‍ो खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १-० गोलको जित निकाल्यो। अस्ट्रेलियाले १९७४ पछि विश्वकपमा पहिलो पटक क्लिनसिट राखेको हो।

अस्ट्रेलियाको जितमा ड्युकले गरेको गोल निर्णायक सावित भयो। उनलेे खेलको २३ मिनेटमा गोल गरेका थिए।

जितसँगै अस्ट्रेलियाले समूहमा ३ अंक ज‍ोडेको छ भने अन्तिम १६ मा पुग्ने सम्भावना जीवित बनाएको छ।

यसअघि अस्ट्रेलियाले फ्रान्ससँग ४-१ गोलको हार बेहोर्नुपरेको थियोे। ट्युनिसियाले भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियोे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..