किसान र सोनललाई १५१ किलोको माला

बारा । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए ।


४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।यसअघि नै अन्तिम मतपरिणाम आएको भए पनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्था बिग्रिएपछि विजय जुलुस समेत निकालेका थिएनन् ।

सोनलको स्वास्थ्यमा सुधार आएपछि आइतबारदेखि विजय जुलुस निकालिएको छ । आइतबार विश्रामपुरको बलिरामपुर, मुसहर्वा, कान्तिपुर बरैनिया, कल्याणपुर, वतरा, फुलबरिया, फेटा लगायतको गाउँमा विजय जुलुस निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..