एमालेका भोजप्रसाद श्रेष्ठ रुपन्देहीबाट प्रदेशसभामा निर्वाचित

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरे ।

श्रेष्ठले १६ हजार ३०० मत प्राप्त गरेर विजयी हुँदा क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..