क्षमताले भ्याएसम्म जनता र देशका लागि योगदान गर्छु – धवलशमशेर

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले नागरिकका इच्छा र आकांक्षा पूरा गर्न हरतरहले लागिपर्ने बताएका छन् ।

निर्वाचित भएपछि उनले भने, ‘आम मतदाताको सद्भावले विजयी भएँ । उहाँहरुको आशा र आकांक्षालाई पूरा गर्न हरतरहले लागिपर्नेछु । उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’ राणाले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म देशका योगदान गर्न सधैं तत्पर रहेको बताए ।

बाँके -२ मा राणाले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरे ।


उनले २९ हजार ५७७ मत प्राप्त गर्दा राईले २३ हजार ५२० मत ल्याए । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा ४ हजार ४०३ मतका साथ तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..