कास्की २ : लामिछानेको पार्टीको अग्रता कायमै, एमाले पछ्याउँदै

पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेकाे छ । 

९०० मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् ।

रास्वपाका कँडेलले ३८९ मत पाएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी विद्या भट्टराईले २११ मत पाएकी छिन् । यसैगरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले १४४ मत पाएका छन् ।

राप्रपाका सुवर्णराज पन्त १०२ मत पाएका छन् । कास्की २ को मतगणना पोखरा महानगरपालिका-१५ कोलपाटनमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..