बेलायत पठाइदिने भन्दै ११ लाख ठगी गरेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौं । बेलायत पठाइदिने भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षका तिलकबहादुर बस्नेत छन्। उनी काठमाडौंको पुतलीसडकस्थित रेडजोन फाउण्डेशन कन्सलटेन्सीका सञ्चालक हुन्।


बस्नेतले बेलायत पठाइदिने प्रलोभनमा पारेर पटकपटक गरी पीडितबाट उक्त रकम ठगी गरेको आरोप छ।अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने प्रलोभन देखाई ठगी गरेको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सलटेन्सीबाटै उनलाई बिहीबार पक्राउ गरेको हो।

उनले उक्त कन्सलटेन्सीसमेत अवैधानिक रूपमा सञ्चालन गरेको खुलेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिनुपर्नेमा अनुमति नै नलिई कन्सलटेन्सी सञ्चालन गरेको पाइएको हो।पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..