सर्भर डाउन हुँदा काम गर्न समस्या

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् । आइतबारदेखि भन्सार कार्यालयको सर्भर डाउन रहेको भन्दै भन्सार कार्यालयले भन्सारको काम गर्न नसक्दा समस्या भएको व्यवसायीको गुनासो छ ।

सर्भर डाउन भएको जनाएर राजस्व सङ्कलन गर्ने काममा अवरोध भएपछि आइतवार बेलुका एक घण्टा मात्र राजस्व सङ्कलनको काम गरिएको तथा सोमवार बिहानबाट भन्सार नगरिएको व्यवसायीको गुनासो छ ।


भन्सार कार्यालयमा राजस्व सङ्कलन नियमित हुन नसक्दा भन्सार कार्यालयमा पुगेका गाडीको अतिरिक्त भाडा तिर्नुपरेको उद्योगी व्यवसायीको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार सर्भर समस्या समाधान नहुँदा व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपरेको छ ।

सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सर्भर डाउन भएको र सुचारु गर्न नसकिएकाले उद्योगी व्यवसायीलाई नोक्सानी भएको बताए ।नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नाथ सापकोटाले भन्सार विभागको सर्भरमा समस्या आएपछि सोमबारदेखि अवरोध भएको बताए । उनले समस्या समाधानको प्रयास भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..