रक्सौल–काठमाडौं रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै तयार हुने


काठमाडौं । भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल–काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ ।कर्पोरेसनले गत वर्षदेखि काठमाडौं–रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल–काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं( रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो ।

सोही अनुसार असोजमा सम्झौता भएको हो । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको भारतीय कम्पनीले फिल्ड सर्भेको काम सकेर रिपोर्टलाई अन्तिम रूप दिने काम गरिरहेको बताए ।

‘भारतीय कम्पनीलाई रेलमार्गको फिल्ड सर्भे र अन्तिम रिपोर्ट तयार पार्न १८ महिनाको समयसीमा तोकिएको थियो,’ उनले भने ‘सम्भवतः अबको चार महिनाभित्र कर्पोरेसनले प्रतिवेदन बुझाउनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..