नक्कली भ्याट बिलको कारोबार गर्ने २ फर्म विरुद्ध २२ करोड ६३ लाखको मुद्दा

काठमाडौं । राजस्व छलि गर्ने उद्देश्यले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको कारोबार गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले २ फर्म र त्यसका संचालक विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौंको कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रालि र बाराको भवानीपुर नगरपालिका–८ मा रहेको युनिक ट्रेडर्स प्रालि तथा त्यसका संचालक विरुद्ध मुद्दा दायर गरेको हो ।


विभागले काठमाडौंको कुलेश्वरमा रहेको अंकुश सप्लायर्स र त्यसका संचालक प्रविण कुमार महतो तथा युनिडक ट्रेडर्स र त्यसका संचालक आत्मराम पासवान विरुद्ध २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको विगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले दिएको जानकारी अनुसार अंकुश र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुटा भ्याट विल खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी भ्याट ऐन तथा आयकर ऐन अनुसार तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेका छन् ।


विभागले यी दुबै फर्म तथा त्यसका संचालकहरुलाई ५ करोड ४१ लाख ५९ हजार रुपैयाँ भ्याट र १७ करोड २२ लाख २१ हजार रुपैयाँ आयकर गरी जम्मा हुन आउने २२ करोड ६३ लाख ८१ हजार रुपैयाँ असुल गरी शतप्रतिशत जरिवाना तथा हदैसम्मको कैद र व्याज समेत असुल गर्न उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..