भूकम्प प्रभावितहरुको उद्धार तथा राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै घाइतेहरुलाई तत्काल उपचार तथा उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मंगलबार मध्यराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पमा परि डोटीमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौँ गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..