अबको सरकार देउवाकै नेतृत्वमा बन्छ : डा. महत

हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनापवपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्ने बताएका छन् । मंगलबार बिहान हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब बन्ने सरकार फेरि पनि शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने दाबी गरेका हुन् ।

‘स्थिरता दिने नेतृत्व भनेकै नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन हो । अहिले पनि हामीसँग बहुमत छैन, तर शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको छ ।’ उनले भने, ‘१६५ सिटमा ९१ सिटमा कांग्रेस एक्लै छ, ७४ सिटमा बाँकी ४ दल छन् । नेतृत्वदायी भूमिकामा स्वभाविक रुपमा नेपाली कांग्रेस हो भन्ने कसलाई थाहा छैन र ?’

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिले आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा सहभागि हुन महत सोमबार बेलुका हेटौंडा आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..