लौरो अभियानले सार्वजनिक गर्‍यो प्रतिबद्धता–पत्र

काठमाडौं । लौरो अभियानले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो ।

अभियानले नेपालको राजनीतिक प्रणालीमा सबै वर्ग, जाजाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायहरुलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मुल प्रवाहमा समावेश गर्न प्रगतिशील लोकतन्त्रको मान्यतालाई आत्मसाथ गरेको बताएको छ । त्यस्तै नेपाली जनतालाई आफ्नो सरकार प्रमुख प्रत्यक्ष मतदानमार्फत चुन्न पाउने अधिकार सुनिश्चित गर्नु आफ्नो प्रमुख ध्येय भएको बताएको छ ।

त्यस्तै राजनीतिक स्थिरता र स्वाधीनताका लागि प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताए ।

उनले लौरो अभियानबाट देशभर २ सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरु पनि डराइरहेको दाबी गरे । कलाकार एवं काठमाडौं क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार मधुसुदन पाठकले ‘नो नट अगेन’ बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले सारा लौरो अभियन्ताहरु खुशी हुनुपर्ने बताए ।

लौरो अभियानले अबको विकास दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष, ५० वर्षको योजना बनाएर अघि बढ्ने, ७ प्रदेशमा ७ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर आध्यात्मिक मार्ग बनाउने, मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको राज्य, सांसद बिहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासनसहितको उन्नतीशील राज्य, पर्यावरणीय सन्तुलन संरक्षण, उत्पादनमुलक अर्थतन्त्र, वैज्ञानिक कर प्रणाली, स्वदेश फर्क अभियानआविष्कार तथा अनुसन्धान केन्द्र स्थापना लगायतका प्रतिबद्धता अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..