केपी ओली दार्चुलाको खलंगामा, ‘नदी सरेपनि सीमा सर्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन् । पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुलाको खलंगा पुगेका उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए । ‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उनले भने ।

उनले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताए । ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन । ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने ?,’ उनको प्रश्न थियो।

उनले भारत विशाल भएको, तर यति (थोरै) सीमाना सार्ने बताए। ‘यो सुहाउँदैन । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..