परासी । पश्चिम नवलपरासी विभिन्न सीमा नाकाहरूबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टाेलीले तस्करीको सामान बरामद गरि कुनै नष्ट गरेको छ भने कुनै सम्बन्धित निकायमा बुझाएको छ ।
पल्हिननन्दन ५ बाट १ लाख २९ हजार ६०० बराबरको कस्मेटिक सामान बरामद गरेकाे छ भने प्रतापपुर ५ बाट अबैध उत्खनन गरिएको बालुवा सहितको ट्रक पनि बरामद गरिएको छ ।
त्यसैगरी रामग्राम ५ बाट १ क्वीन्टल बराबरको जिउँदो बाेइलर कुखुरा बरामद गरि नष्ट गरिएको छ । साथै १ लाख ७२ हजार ७५० बराबरको माेवाइल समेतको सामान बरामद गरि भन्सारमा बुझाएको पनि सशस्त्र प्रहरी बलका सुचना अधिकारी सप्रनाउ केशव राज थापाले जानकारी दिएका छन् ।
साथै अासन्न निर्वाचनको सुरक्षाको लागि दुबै प्रहरीले सुरक्षा कार्य सशक्त रूपमा गरेका पनि छन् ।


