काठमाडौं। राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी प्रधानमन्त्री कार्यालयका सहसचिव मदन दहालले पाएका छन्। मंगलबार प्रधानमन्त्री कार्यालयले निर्णय गर्दै दहाललाई उक्त जिम्मेवारी दिएको हो। दहालले यसअघि विभागकै निर्देशकको रुपमा काम गरिसकेका छन्। उनी राजस्वकै क्याडर हुन्।
मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले निर्वाचन आचारसंहिता लागु भएपनि आन्तरिक सरुवा भने गर्न मिल्छ। सोही कारण मन्त्रालयले दहाललाई महानिर्देशकको जिम्मेवारी सुम्पिएको हो।
दहाल लामो समयदेखि भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न प्रयासरत थिए।


