भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किएपछि कम्तीमा ७८ जनाको मृत्यु भएको छ । स्थानीय मोर्बी नगरस्थित मच्चु नदीमाथि रहको पुल भाँचिदा सयौँ मानिसहरू नदीमा खसेका थिए ।

उक्त पुल मर्मतसम्भार गरी पुनः संचालनमा ल्याइएको केहीमा दिनमै यो घटना घटेको हो । भिडियो फुटेजमा पुल भाँचिएपछि मानिसहरू त्यसमा झुण्डिएको देख्न सकिन्छ ।

घटनाको समयमा पुलमा ४ सय जनासम्म मानिस भएको समाचारमा जनाइएको छ । गुजरात राज्यका मन्त्री बृजेश मिर्जाले ८० जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..