भक्तपुरबाट लागूऔषधसहित २ पक्राउ

भक्तपुर । भक्तपुरको कमल विनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् ।


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको डेरा कोठामा खानतलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेकोे जनाएको छ ।

लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..