२७ वर्षपछि सूर्य ग्रहणमा देखिएको संयोग

काठमाडौं । नेपाली हिन्दूहरुको महान् चाड तिहारको लक्ष्मीपूजा सोमबार अधिकांशको घरमा मनाइयो । आज मंगलबार सूर्य ग्रहढा हुने भएकाले सोमबार लक्ष्मीपूजा घरघरमा मनाइएको हो । 

आजभन्दा ठिक २७ वर्षअघि पनि यस्तै भएको थियो । त्यति बेला पनि लक्ष्मीपूजाको भोलिपल्ट सूर्यग्रहण लागेको थियो ।

सन् १९९५ को त्यो वर्षमा पनि तुला राशीमा नै सूर्यग्रहण लागेको थियो । आज पनि तुला राशीमा नै सूर्यग्रहण लागेको हो । सन् १९९५ मा सूर्य ग्रहण लाग्दा तुला राशीमा एक साथ चार ग्रह रहेका थिए । आज पनि सूर्यग्रहण हुने समयमा राहु, सूर्य, शुक्र र चन्द्रमा तुला राशीमा रहनेछन् ।

त्यस्तै, २७ वर्षअघि शनि आफ्नो राशी कुम्भमा थिए भने यसपटक पनि शनि आफ्नै राशी मकरमा रहेका छन् । त्यस्तै, १९९५ मा बुध कन्या राशीमा थिए भने यसपटक पनि बुध कन्या राशीमा नै रहेका छन् 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..