सिन्धुलीलाई विकासमा नमूना जिल्ला बनाउने – श्याम घिमिरे

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १ स्थित दुधौली नगरपालिकाको कोगटीमा सत्ता ठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिन्धुलीलाई बिकासमा नमूना जिल्ला बनाउने दाबी गरेका हुन ।


घिमिरेले आफू सिन्धुलीमै जन्मे हुर्किएकाले सिन्धुली र सिन्धुलीका जनताका समस्या आफूलाई थाहा भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले विगतमा एमालेका उम्मेदवारले पटक– पटक जितेर गएपनि जिल्लाको विकासमा केही नगरेको आरोप लगाए । एमालेले २५ वर्षमा सिन्धुलीमा गर्न नसकेको काम आफूले ५ वर्षमै गरेर देखाउने घिमिरेले आश्वासन दिए ।


झण्डै दुई तिहाइको बहुमतको सरकार हुँदा पनि एमालेले जनताका पक्षमा काम गर्न नसकेको उनको आरोप छ । शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उनको भनाई छ ।

उनले गठबन्धनका नेता कार्यकर्तालाई निर्धक्क भएर एकतावद्ध रुपमा निर्वाचनमा होमिन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..