प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू जनकपुरधाममा

जनकपुरधाम । बाम-लोकतान्त्रिक गठबन्धनको प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू जनकपुरधाम आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा नेताहरू महेन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरू जनकपुरधाम आइपुगेका हुन् ।

जनकपुर विमानस्थलबाट प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेताहरू सिधा होटल सिता शरण पुगेका छन् । होटलमा प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरूलाई कांग्रेस नेता निधी लगायतले स्वागत गरे । उनीहरू होटलमा खाना खाने र त्यसपछि कार्यक्रममा सहभागी हुने बुझिएको छ ।

कार्यक्रममा गठबन्धनका मधेस प्रदेशका सबै उम्मेदवार, पार्टीका जिल्ला अध्यक्ष र इन्जार्जहरु सहभागी हुनेछन् ‌। प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरू आएकाले होटल आसपास कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..