पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीको नाम लिएर रामचन्द्रले भने–छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब प्रतिगमन नफर्कने बताएका छन् । उनले आफूहरुको पाँच दलीय गठबन्धन चुनाव जित्नको लागि मात्रै नभएर लामो समयसम्म सहकार्य गर्नेगरि गठन भएको स्पष्ट पारेका छन् । उनले भने,‘यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै बनेको होईन ।’

आज (शनिबार) विराटनगरमा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर भने,‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ, त्यसलाई जनताले चिन्नुपर्छ ।’

उता, कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि चुनावपछि पनि अहिलेको गठबन्धन कायम रहने स्पष्ट पारे । कोइरालाले गठबन्धन बिना सरकार बन्न नसक्ने भएकोले गठबन्धन गरिएको स्पष्ट पारे । मनोनयन दर्ताअघिसम्म कोइराला गठबन्धनको विपक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..