रिजालले गरे गठबन्धनको उमेदवारलाई विजयी गराउन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

सुनसरीको धरानमा आज (शुक्रबार) अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै झगडा गरेर समाधान खोज्न सकिने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत समस्याको समाधान गर्ने जिम्मा गठबन्धनको सरकारको भएको नेता डा रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..