विराटनगर महानगरपालिकाले घरबहाल कर उठाउने


विराटनगर । विराटनगर महानगरपालिका आफैले घरबहाल कर उठाउने भएको छ । संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको हो ।


विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए ।


यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो ।संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएका कारण महानगर आफैले घरबहाल कर उठाउने उनले बताए । मेयर कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे विराटनगर महानगरले अझै सहज रुपमा घर बहाल कर उठाउन सकेको छैन ।


अन्तरक्रियामा वडाध्यक्षहरुले आफ्ना वडाहरुमा ठूल–ठूला व्यवसायिक फर्महरु भए पनि आफूहरुले कर संकलन गर्न नसकेको बताए ।धेरै व्यवसायीहरु करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले महानगरको विकासका लागि कर संकलनमा कठोर बन्नुपर्नेमा जोड दिए ।


आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिन सक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


कर संकलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका पपिूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..