एसपी सन्तोष खड्कालाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान

काठमाडौं । सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्कालाई दिइएको छ ।विशेष ब्युरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानीत गरेका हुन् ।

‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् ।


जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी संगठित अपराध र आतंकवाद सम्बन्धी अनुसन्धानमा विज्ञ हुन् ।


नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकदेखि सो पुरस्कारको राशि पूर्व आईजीपी मोतिलाल बोहराले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..