माटाका भाँडा बनाउने पेशा लोप हुँदै


मोरङ । कुमाल जातीको परम्परागत पेशा र पहिचान अहिलेको समयमा लोपोन्मुख हुने अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई मुछेर, पिटेर आवश्यकताअनुसारको आकार दिने कला कुमाल जातीको लोक संस्कृतिअन्तर्गत पर्दछ ।

‘काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने अवस्थामा आउन थालेको छ । बुढापाकाले आफूभन्दा सानालाई अर्ती दिन प्रयोग गर्ने यो उखान यही पेशाको अनुशरण हो ।


मोरङको बेलबारी नगरपालिका बाहुनी वडा नम्बर ७ मा विगत २५ वर्षदेखि यहि माटोको भाडाँकुडा बनाएर आफ्नो र परिवारको जिविका चलाउँदै आएका ३५ वर्षीय राम नारायण पण्डितलाई यस पटक भने पछिल्ला वर्षहरु जस्तो भ्याइनभ्याई भने छैन । विगत केहि वर्ष अघि सम्म त्यो ठाउँमा माटाका भाडाँका प्रशस्तै भए पनि हाल खासै भेटिदैनन् । नजानेकाहरु विदेश अथवा अन्य व्यापार र पसल गर्न थाले ।


माटोको भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आर्कषण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायत कच्चापदार्थको अभावमा माटाको भाँडा बनाउँने पेशा नै परेको हो । माटाका हण्डी, घैंटा, पाला, गमला, आरीलगायतका वस्तु परम्परादेखि नै घरयासी प्रयोजनमा सहज मानिन्छन् ।

‘पहिलेजस्तो माटो पनि छैन् । बस्ती बाक्लो भयो । जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन्’ । पहिला यतै पाउने माटो अहिले एक टयाक्टर माटो पनि सप्तरीको बरमझीया बाट यहा“सम्म ल्याईपुयाउँदा १५ हजारसम्म लाग्ने गरेको पण्डितले दुखेसो पाखे ।


होण्डा ९मदिरा बनाउन प्रयोग हुने भाँडो, घैंटो पानी चिसो बनाउन प्रयोग गरिने भाँडो हाँडी मकै भुट्न प्रयोग हुने भाँडो, खुत्रुकी पैसा बचत गर्न प्रयोग गरिने भाँडा जस्ता महत्वपूर्ण सामग्री बनाउने हस्तकलाको लोप हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..