धरानको खहरे खोलामा भेटियो डुबेको अवस्थामा युवकको शव


धरान । सुनसरीको धरान ८ दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक युवा मृत फेला परेका छन् ।


खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा मृत फेला परेका युवा सोही ठाउको गैरीगाउका अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका ईन्स्पेक्टर प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए।


स्थानीयले नबिन सेन्चुरिका अनुसार बिहान ७ बजे तिर पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेर प्रहरिलाई खबर गरेको बताए। घटनास्थल नजिकै घर रहेका खातुन सानिआमासंगै बस्दै आएका थिए ।


मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सकेपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।


मृतकको शव मुचुल्का उठाएर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..