मादल बेच्न भारतको लखनउ देखी झापासम्म


झापा । हरेक वर्ष तिहार नजिकिएसँगै भारत लखनउका मोहम्मद नसिब भने नेपाल आउने गर्छन् । पूर्वी नेपालमा तिहारसम्म उनको दैनिकी मादल बेचेर बित्छ । लखनउ घर बताउने उनी बिहान सबेरै देखी मादल बजाउँदै पूर्वका सहर देखी गाउँसम्म पुग्ने गर्छन् । तिहारमा देउसी भैलो खेल्न मादल अनिवार्य जस्तै हुन थालेपछि मादलको व्यापार पनि बढ्ने गरेको उनी सुनाउँछन् ।


उनले आफू सँग एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्ने मादल रहेको सुनाए । उनले दिनमा ५/६ वटा मादल बिक्री गर्ने गरेको सुनाए । एउटा मादलबाट उनलाई झण्डै ५ सय रुपैयाँ नाफा बस्दो रहेछ । शनिवार एकाबिहानै काँध भरी मादल भिरेर मादल बजाउँदै हिँडेका उनी दमक-९ स्थित पूर्वेली टोलमा भेटिए ।


त्यहाँ उनले मादल बजाउँदै हिँडेको देखपछि स्थानीय सर्वेश्वर भजन कीर्तन मण्डलीका सदस्यहरूले पनि मादलको बारेमा जिज्ञासा राखे । उनले व्यापारिक नीति प्रस्तुत गर्दै नेपालमा बनेका मादलहरू कमसल हुने भन्दै आफूले भारतबाट ल्याएको मादल निक्कै बलियो हुने दाबी गरे ।


उनले एक हजार भन्दा बढी मादल भारतबाट ल्याएर झापाको बिर्तामोडमा भण्डारण गरेका छन् । एक पटकमा ८ देखी १० वटासम्म मादल बोकेर उनी हरेक दिन यसै गरी पूर्वका विभिन्न सहर र गाउँ चहार्ने गर्छन् ।


दीपावली पर्वमा देउसी भैलोमा युवाले बढी प्रयोग गर्ने मादल यो समयमा बढी बिक्री हुने गरेको उनले बताए । उनले यसरी नै मादलको घुम्ती कारोबार गरेर दैनिक २ देखी ३ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..