अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छ – दिनेश कोइराला


चितवन । नेकपा एमालेको समर्थनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले माओवादी केन्द्रको समेत समर्थन हासिल गर्न प्रयास गरिरहेको बताएका छन् ।

आफ्नो उम्मेदवारीबाट तरंग सिर्जना भएको भन्दै उनले अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने दाबीसमेत गरेका छन् ।उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, ‘अब राष्ट्रिय राजनीति पहिले जस्तो हुँदैन । अब राष्ट्रिय राजनीतिलाई केही गिरोहको हातमा छाड्न सकिँदैन । अब नेपाली कांग्रेसलाई भत्काउन दिइँदैन । अब सशक्त हस्तक्षेप गरिन्छ । यही हस्तक्षेपका लागि उम्मेदवारी हो ।’


सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई अघि सारेको बेला कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको समेत उम्मेदवारी परे पनि एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको थियो ।आफ्नो उम्मेदवारीको औचित्यबारे प्रष्ट्याउने प्रयास गर्दै पत्रकार सम्मेलन गरेका कोइरालाले अन्य दलहरुबाट समेत मौन समर्थन प्राप्त गरेको दाबी गरे ।

माओवादी केन्द्रसहित अन्य दलबाट पनि समर्थन पाउने उनले विश्वास व्यक्त गरे ।‘शान्तिपूर्ण तथा रचनात्मक क्रान्तिलाई समर्थन गर्न सबै राजनीतिक दललाई अपिल गरेका थियौं । त्यस क्रममा नेकपा एमालेले औपचारिक रुपमा समर्थन गरिसकेको छ भने अन्य कतिपय दलहरुले मौन समर्थन गरिसकेका छन्,’ कोइरालाले भने, ‘बाँकी रहेका दलहरुले पनि हामीलाई समर्थन गर्ने दृढ विश्वास लिएका छौं ।’ यसका लागि विभिन्न राजनीतिक दलहरुसँग हाम्रो वार्ता चलिरहेको छ ।’


उनले अगाडि भनेका छन्, ‘हामीले माओवादी केन्द्र बाहेकका राजनीतिक दलहरुको समर्थन हासिल गर्ने विश्वास लिएका छौं । तैपनि माओवादी केन्द्रको समर्थन हासिल गर्न भने प्रयास गरिरहेका छौं ।’नेपाली कांग्रेस पार्टीलाई निजी जस्तो बनाउन खोजिएको भन्दै उनले अब कांग्रेसलाई माओवादीको भ्रातृ संगठन जस्तो बनाउन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..