सर्लाही-२ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच कसले मार्ला बाजी ?

सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् ।एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् ।

सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले उम्मेदवारी दिएका छन् । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भएपनि यादवले माओवादीसँगको सहमति अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे।


मधेशका यी दुई जना चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । किनकी दुवै जना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक-आपसमा चुनावमा लड्ने समेत गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधानसभाकाे चुनावमा त करिब सोही क्षेत्रहरु पर्ने तत्कालीन क्षेत्र नं. २ मा नै एक-आपसमा चुनावी मैदानमा उत्र्दा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेदवारी पक्का गर्नुभएकाे छ ।


२०७० सालमा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गर्नुभएकाे थियाे । २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे । २०७४ सालमा महतो धनुषा-३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्न सफल हुनुभएकाे थियाे ।

यसपटक धनुषा-३ मा नेकपा एमालेकी नेतृ जुली महतो आफैं उम्मेदवार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किनुभएकाे छ ।गत चुनावमा जुलीले सहयोग गरेकै कारण निधिलाई हराउनुभएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पुरानै मैदानमा फर्किएको एक नेताले बताएका छन् ।

त्यहाँ एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभाका सदस्यमा उम्मेदवारी दिनुभएकाे छ । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधानसभा सदस्यका लागि उम्मेदवारी दिनुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..