दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

त्यो क्षेत्रमा उनको प्रतिस्पर्धामा अरु कोही नभए पछि उनी निर्विरोध भएका हुन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गराएका थिए ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले दिएको जानकारीअनुसार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । यसको सूचना दिउँसो ३ बजे निकालिने पनि उनले जानकारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यो सूचना प्रकाशन गरेपछि मनाङे आगामि ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धामा नै बस्नु पर्ने छैन । उनी निर्विरोध भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले नै टाँस गर्ने छ ।


यसअघि पनि मनाङे स्वतन्त्र रुपमा प्रदेश सभा सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..