‘प्रहरीको हाकिम हुँ’ भनेर व्यापारीसँग पैसा मागेको आरोपमा पक्राउ

विराटनगर । विराटनगरका व्यापारीलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ घर भएका रविन घिमिरे छन् ।


महानगर–१५ स्थित १ नम्बर ढाटमा व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको सुराक आएपछि घिमिरेलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । पैसा मागेको अडियो प्रहरीले फेला पारेको छ ।


आरोपी विरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय रानीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..