स्रोत नखुलेको साढे नौ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको साढे नौ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया नगर पंचायत-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् ।


उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् ।

प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ मा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर-३० भी ०५३१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा बायाँ हेन्डलमा कालो प्लास्टिकको झोलामा स्रोत नखुलेको रुपैयाँ फेला परेको थियो ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..