टिकट नपाएका रिजाल अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीसँग भेट्दै

झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न झापा पुग्ने भएका छन् । अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दिएको जानकारी अनुसार अहिले १० बजे रिजालले ओलीसँग भेटवार्ता गर्दैछन् ।

पार्टीले टिकट नदिएपछि रिजाल असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवाले आफूसँग प्रतिशोध साँधेको रिजालको टिप्पणी छ । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा मोरङ २ बाट चुनाव लड्न चाहेका थिए । तर, पार्टीले सुजाता कोइरालालाई टिकट दिएको छ । उनी भने चुनाव लड्नबाट नै बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..