माओवादी पदाधिकारी बैठक : प्रचण्डलाई गोरखा-२ बाट चुनाव लडाउने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले दाहाललाई प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जनाए ।

०७४ को निर्वाचनमा चितवन ३ बाट चुनाव लडेका दाहाल यसपटक भने सो क्षेत्र छोडेर गोरखा जाने भएका हुन् । दाहालको लागि बाबुराम भट्टराईले प्रत्यक्ष चुनाव नलड्ने भन्दै सो क्षेत्र छोडिदिएका छन् ।

यसअघि सो क्षेत्रबाट बाबुरामले चुनाव जितेका थिए । माओवादीले दाहाललाई गोरखाबाट निर्वाचन लडाउने निर्णय गरेको समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा भने धेरै नै आलोचना भएको छ । दाहालले यसअघि आफूले चितवन ३ बाट नै चुनाव लड्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..