एसएसबीका प्रमुख काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि

काठमाडौं । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन्। सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुँदै छ। बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल (एपीएफ) का प्रमुख राजु अर्यालले गर्नेछन्। एपीएफलाई सीमा सुरक्षाको जिम्मेवारी रहेको छ।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ। भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ। भारतले नेपाललाई तिन दिशाबाट घेरेकामा सीमा सम्बन्धमा पटकपटक विवादहरु उठ्दै आएका छन्।

बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन्। हरेक वर्ष सीमा सुरक्षा समन्वय समितीको बैठक बस्दै आएको छ। गत वर्ष यो बैठक भारतले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..