करिब १४ लाखको सुर्तीजन्य पदार्थसहित ट्रक प्रहरीको नियन्त्रणमा


बारा । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकबाट करिब १४ लाख रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ६ गते राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नितनपुरस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा ना६ख ७२५८ नम्बरको ट्रक चेकजाँच गर्दा भन्सार छलेर भित्र्याइएको १३ लाख ९९ हजार ८०० रुपैयाँ बराबरको रजनीगन्धा, तुलसी लगायतका गुट्खा बरामद भएको हो ।

प्रहरीले ट्रकसहित ती सामान नियन्त्रणमा लिएको र ट्रक चालक नकुल परियारलाई समेत पक्राउ गरेको जनाइएको छ । बरामद ट्रक र सामान भने भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..